24/7 Customer Service 617-870-6349

Welcome guest, you can login or create an account

Your Cart has 0 items Check Out

बि.सं. २०७१ सालको राशिफल

aries

मेष

सत्रु पराजित हुनेछन् | धार्मिक छेत्रका यात्राहरु हुनेछन् | आँखा सम्बन्धि समस्याले सताउनेछ | ब्यापारमा उतार-चढाब आउनेछ | स्वास्थ्यका कारण दाम्पत्य जीवन कम्जोर रहनेछ | नोकरीमा पधोन्नती हुनेछ | बैधेशिक ब्यापारमा समस्या उत्पन्न हुनेछ | पसुब्यापारमा हानी पुगे पनि उद्योग र कृषि क्षेत्रबाट लाभ लिन सकिनेछ | बर्षको उत्तरार्द्वमा अध्ययन-अध्यापन क्षेत्र सफल रहे पनि काममा ढिलासुस्ती हुने, पुर्ख्यौली सम्पत्तिमा विवाद आउने, संचित धनको नास र आफन्तमा बैरभाव हुनेछ | नसासम्बन्धि रोगले सताउने छ | सनिदेवको सान्ति गर्नाले सुभ फल प्राप्त हुनेछ | आषाढ, आस्वीन, माघ र फागुन महिनामा कामहरु बन्नेछ |

gemini

मिथुन
बोलीको प्रभावले काम बन्नेछन् | अधुरा योजनाहरु पुरा हुनेछन् | परिवारमा माङ्गलिक कार्य हुनेछ | अध्ययन-आध्यापन राम्रो रहनेछ | पेट सम्बन्धि समस्या र पारिवारिक स्वास्थ्यमा थुप्रै धन खर्च हुनेछ | सन्तानले चिन्तित बनाउनेछन् | बर्षको सुरुमा साझेदारी कामबाट लभ भएपनि कार्तिक पछि साझेदारी कामबाट हानी पुग्नेछ | भर्मिक क्षेत्रको यात्रा हुनेछ | नोकरीमा मानसम्मान मिल्नेछ |  बर्षको उत्तरार्द्वमा नया कामको थालनी हुनेछ | दाम्पत्य जीवन सुखसंग बित्नेछ | नातादार संगको लेनदेन कारोबारले मनमुटाव ल्याउनेछ | आर्थिक दृष्टिले बैसाख, भाद्र, मार्ग र चैत्र महिना सुभ रहेकाछन् |

leo सिंह
सिंह
यस वर्ष बुबा आमा संग तिर्थ यात्रा हुनेछ | दाजु भाइको उन्नति प्रगति देख्न पाईनेछ | पुर्ख्यौली सम्मपत्तिले विवाद ल्याउनेछ | पारिवारिक स्वास्थ्यको छ्यत्रमा ठुलै धनराशि खर्चिनु पर्ला | नोकरीमा अपजस खप्नुपरे पनि सामाजिक कामबाट मानसम्मान मिल्नेछ | भूमि एवं बाहनको मुख मिल्नेछ | बैधेसिक छ्यत्रबाट लभ हुनेछ | ब्यापारमा उतार-चढाव आउनेछ | कार्तिकबाट अधैया सनिको प्रभावले काम धीलासुस्ती उत्पन्न हुने, अनावस्यक खर्च र झमेलामा फस्नुपर्ने, संचित धनको नास हुने, आफन्तमा बैरभब जस्ता नकारात्मक फल प्राप्तहुने भएकोले शनिदेवको जप, पाठ, पुजा, शान्ति गर्नाले शुभ फल प्राप्त हुनेछ | जेठ, आषाढ, कार्तिक, माघ महिनाहरुमा कामहरु बन्नेछन् |

taurus
बृष
धार्मिक कार्यमा समय र धन खर्चनु पर्नेछ | पारिवारी स्वास्थ्यमा समेत खर्च बढ्नाले आर्थिक स्थिति कमजोर रहनेछ | अध्ययन क्षेत्र सफल रहनेछ | नोकरीमा अपजस खप्नु पर्नेछ | व्यापार र पशु ब्यबशायबाट केहि आम्दानी हुनेछ | बैदेशिक छ्यत्रका कामहरु बन्नेछन् | पछि लाभ हुने नया कामको थालनी हुनेछ | सन्तानसुख मिल्नेछ | बोलीको प्रभावले आकस्मिक धन लाभ हुनेछ | सामाजिक काममा थुप्रै समय बित्नेछ | आर्थिक दृष्टिले श्रावण, कार्तिक, फागुन र चैत्र महिना शुभ रहेका छन् |

cancer

कर्कट
अढैया शनिको प्रभावले बर्षको पूर्वार्द्वमा काममा ढिलासुस्ती हुने, संचित धनको नाश हुने, परिवारमा स्वास्थ्य सम्बन्धी समस्याले सताउने, आफन्तमा बैरभाव हुने भए पनि कार्तिक पछि अधुरा कामहरु पुरा हुनाका साथै नयाँ कामको थालनी हुनेछ | शत्रुले टाउको निहुराउन थाल्नेछन् | नोकरी र सामाजिक कामबाट मानसम्मान मिल्नेछ | बैदेशिक छेत्रका कामहरु बान्नेछन् | मांगलिक व्यापारबाट सोचेभन्दा बढी लाभ हुनेछ | कुरा काट्ने र काममा तगारो हाल्नेको संख्या पनि बढ्नेछ | आर्थिक दृष्टिले बैशाख, जेठ, असोज र पुस महिना सुभ रहेका छन् |

virgo

कन्या
साढेसाती शनिका कारण बर्षको पूर्वार्द्वमा सन्चिती घट्ने, काममा विध्न वाधा उत्पन्नहुने, बिबाधहरु बढ्ने भएकोले शनिदेवको शान्ति गराउनु उचित हुनेछ | बर्षको उत्तरार्द्वमा अधुरा काम पुरा हुनको साथै नयाँ कामको थालनी हुनेछ | बैदेशिक छ्यत्र र व्यापारबाट सोचे अनुरुप नै लाभ हुनेछ | रोगका कारण कृषि र पशुब्यबशायमा हानी पुग्नेछ | साझेदारी कामले विवाद निम्त्याउने छ | नोकरी र सामाजिक छ्यत्रबाट समेत लाभ हुनेछ | सन्तान सुख मिल्नेछ | अध्ययन-आध्यापनमा जाँगर चल्ने छैन | आर्थिक दृष्टिले आषाढ,श्रावण, मार्ग र फागुन महिना शुभ रहेका छन् |

libra

तुला
साढेसाती शनि र राहुको प्रभाबका कारण आफन्तमा बैरभाव गराउने, काम ढिलासुस्ती, मानसिक तनाब र स्वास्थ्य सम्बन्धी समस्याले सताउनेछ | शनिदेवको शान्ति गर्नाले शुभफल प्राप्त हुनेछ | शत्रुहरु पराजीत हुनेछन् | नोकरीमा पधोन्नती हुनेछ | बैदेशिक क्षेत्रबाट लाभ हुनेछ | मंशिरपछि नयाँ काम थालनी हुनेछ | सन्तानसुख मिल्नेछ | पशुब्यबसायबाट लाभ कमै भए पनि कृषिबाट सन्तोषजनक फाइदा हुनेछ | सामाजिक काममा धेरै समय बित्नेछ | आर्थिक दृष्टिले श्रावण, भाद्र, पौष र चैत्र महिना शुभ रहेका छन् |

sagittarius

धनु
धनु राशिका व्यक्तिहरुका लागि यो बर्ष सुखदायक रहेकोछ | सन्तानसुख मिल्नेछ | धार्मिक काममा मन बढ्नेछ | सामाजिक क्षेत्र र नोकरीबाट मानप्रतिष्ठा बढ्नेछ | आम्दानीका नयाँ बाटाहरु फेला पर्नेछन् | परिवारमा सुख शान्ति रहनेछ | व्यापार र बैदेशिक क्षेत्रबाट लाभ हुनेछ | बर्षको उत्तरार्द्वमा साढेसाती शनिको प्रभावले कामहरु अधुरै रहनेछन् | ऋणभार बढ्नुका साथै स्वास्थ्यसम्बन्धी समस्याले सताउनेछ | परिवारमा मांगलिक कार्य हुनेछ | पशुब्यबसायबाट हानी हुनाका साथै साझेदारी काममा विवाद उत्पन्न हुनेछ | आर्थिक दृष्टिले जेठ, असोज, कार्तिक र फागुन महिना बिशेष लाभदयाक रहेका छन् |

aquarius

कुम्भ
बस्त्र तथा गहनाहरु प्राप्त हुनेछन् | दाजुभाईबीचको सम्बन्ध राम्रो रहनेछ | अध्यन-अध्यापनमा रुचि बढ्नेछ | रमाइलो धार्मिक क्षेत्रको यात्रा हुनेछ | राजनैतिक र सामाजिक कामबाट मानसम्मान मिल्नेछ | नोकरीमा केहि अपजस खप्नु परे पनि पदोन्नति हुनेछ | खर्च बढ्नाले ऋण समेत बढ्नेछ | पारिवारिक स्वास्थ्यसम्बन्धी समस्याले सताउनेछ | गुमेको धन हात लग्नुका साथै आकस्मिक धन लाभ समेत हुनेछ | बैदेशिक क्षेत्रको काम अधुरै रहला | आर्थिक दृष्टिले बैशाख, श्रावण, मार्ग र पौष महिना शुभ रहेका छन् |

scorpio

वृश्चिक
व्यापारबाट सोचे भन्दा बढीनै लाभ हुनेछ | बैदेशिक क्षेत्रका कामहरु पनि बन्नेछन् | आफन्तसंगको लेनदेन कारोबारले मनमुटाब गराउनेछ | अध्ययन कमजोर रहनेछ | पारिवारिक स्वास्थ्यका छेत्रमा ठुलै धनराशि खर्चिनु पर्नेछ | मुद्धा मामिलामा बिजय हुनेछ | साढेसती शनिको कारण मनमा अशान्ति, शरीरमा आलस्य, काममा ढिलासुस्ती, आर्थिक संकट, आफन्तमा बिस्वाशको संकट, नशासम्बन्धी रोग आदि अशुभ फल लाग्ने भएकाले शुभफल प्राप्तिका लागि हनुमानचालिसा पाठ, महांकाल शनि मृत्युजन्य स्तोत्र पाठ, पीपल पुजा शनिमुद्रिका धारण, शनिको दान, जप आदि गर्नु उचित हुनेछ | आर्थिक दृष्टिले बैशाख, भाद्र, आश्विन र माघ महिना शुभ रहेकाछन् |

capricorn

मकर
बर्षको आरम्भमा केतु र गुरु प्रतिकूल रहनाले बौद्धिक छेत्रका कामहरु अधुरै रहनेछन् | पेटसम्बन्धी समस्याले सताउनेछ | आषाढपछि नयाँ कामको थालनी हुनेछ | आम्दानीका नयाँ अवसरहरु देखा पर्नेछ | व्यापारबाट सामान्य लाभ भए पनि बैदेशिक क्षेत्रका कामहरु बन्नेछन् | परिवारमा मांगलिक कार्य हुनेछ | पारिवारी समस्याले सतौनुका साथै पुर्ख्यौली सम्मप्त्तिले विवाद निम्त्याउनेछ | आर्थिक दृष्टिले आषाढ, कार्तिक, मंशिर र चैत्र महिना सुभ रहेका छन् |

pisces

मीन
अढैया शनिका कारण शनि अशुभहुने व्यक्तिहरुलाइ बर्षको पूर्वार्द्वमा झुट्टा आरोपलाग्ने, मनमा अशान्ति पैदा हुने, काम ढिलासुस्ती हुने, सन्चित धनको नाश गराउने, आफन्तमा बैरभावजस्ता नराम्रा फल प्राप्त हुनेछ | शनिदेवको शान्ति गर्नाले शुभ फल प्राप्त हुनेछ | बर्षको उत्तरार्द्वबाट अधुरा कामहरु पुरा हुनेछन् | आम्दानीका बाटाहरु भेटिनेछन् | व्यापार र पशुब्यबशयबाट लाभ हुनेछ | अध्ययनमा रुचि बढ्नेछ | दम्पद्यजीवनमा उतारचढाब आउनेछ | नोकरीमा पदोन्नति हुनेछ | परिवारमा मांगलिक कार्य हुनेछ | आर्थिक दृष्टिले जेठ, भदौ, पुश र माघ महिना सुभ रहेका छन् |

Share Button